×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

हिमालयन बैंकको बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

हिमालयन बैंकको बानेश्वर शाखा कोटेश्वरमा स्थानान्तरण

काठमाडौँ । हिमालयन बैंक लिमिटेडले बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ । बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरूमध्ये नयाँ बानेश्वर शाखालाई काठमाडौँ महानगरपालिका वडा नं ३२, कोटेश्वरमा स्थानान्तरण गरेको हो ।  

आइबार एक कार्यक्रमका बिच बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपस्थतिमा उक्त शाखाको शुभारम्भ गरेका हुन् ।

हाल बैंकले नेपालभरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटिएम,  ८ हजारभन्दा बढी पिओएस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिकृया दिनुहोस्