×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

सल्यानमा गाडी दुर्घटना, तीन जनाको मृत्यु

काठमाडौं । सल्यानमा फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ‎मृत्यु हुनेमा १ महिला र २ पुरुष छन् । उनीहरूको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले  बताए।

‎‎आइतबार बिहान करिब ८:४० बजे सल्यानको कपूरकोट गाउँपालिका ३, चोरखोलामा राप्ती राजमार्गमा लु २ ख ६४०२ नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकबाट करिब ३००,४०० मिटर तल खसेको थियो।

‎‎दुर्घटनामा गम्भीर घाइते भएका २ महिला र २ पुरुषलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । 

घाइते हुनेहरूमा रुकुम पश्चिम, बाफिकोट गाउँपालिका ५ बस्ने ४७ वर्षीय खगेन्द्र केसी र ३६ वर्षीया बिना केसी छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेको अवस्था गम्भीर रहेको छ ।

प्रतिकृया दिनुहोस्