×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

२९ अंकले बढ्यो सेयर बजार

२९ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार २८.९१ अंकले बढेको छ । बजार २६१२.२० बिन्दुमा पुगेर रोकियो । सोमबार बजार १.११ प्रतिशतले बढेको हो ।

आइतबार अन्य उपसूचक घट्दा पनि जलविद्युत् क्षेत्रको बढेको थियो । यो ट्रेन्ड सोमबार समेत निरन्तर रह्यो । सोमबार म्युचअल फन्डबाहेक सबै उपसूचकमा वृद्धि भयो । सबैभन्दा धेरै जलविद्युत्, उत्पादन र प्रशोधन क्षेत्रको मूल्य बढेको छ । जलविद्युत् क्षेत्रको मूल्य २.६५ प्रतिशतले बढेको छ ।

दिनभरि उतारचढाव देखिएको बजार अन्तिममा उचालिएको हो । सोमबार कुल ३ सय २८ धितोपत्रको ५५ हजार ९ सय ३८ करोबारबाट ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच भएको छ । यस दिन ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँ बराबर कारोबार भयो ।

सोमबार तीन धितोपत्रको कारोबारमा सकारात्मक सर्किट लाग्यो भने अन्य धितोपत्रको समेत सर्किट लेभलमा कारोबार भएको छ । सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सुपर मादी हाइड्रोको मूल्य १० प्रतिशत र बाराही हाइड्रो पावरको मूल्य ९.९ प्रतिशतले बढ्यो ।

त्यस्तै बलेफी हाइड्रो, नेपाल हाइड्रो डेभलपर्स सहित धितोपत्रको समेत मूल्य ९ प्रतिशतभन्दा माथि वृद्धि भयो । सोमबार मानुषी लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतले गुमाए । कर्पोरेट विकास बैंक, पिपुल्स पावर, ग्लोबल आईएमई ब्यालेन्स्ड फन्डसहित धितोपत्रको मूल्य समेत सोमबार घटेको छ । आज जानकी फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिकृया दिनुहोस्