काठमाडौं । एप्पलले बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएका आफ्ना फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ साटिदिने भएको छ ।
लामो समयदेखि प्रतीक्षा गरिएको यो स्मार्टफोनको डिजाइनमा करिब २० वर्षपछि आईफोनमा भएको सबैभन्दा ठूलो परिवर्तनका रूपमा हेरिएको छ ।
करिब तीन लाख रुपैयाँ मूल्य पर्ने यो फोल्डेबल फोनको स्क्रिनमा समस्या देखिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । तस्बिरमा एप्पलको पहिलो फोल्डेबल फोनको स्क्रिनमा धर्सा देखिएका छन् ।
डुओका केही प्रयोगकर्ताले फोनको स्क्रिनको बीचमा, पट्याउने भागमा चिरा परेको देखिने तस्बिर अनलाइनमा सार्वजनिक गरेका छन् । त्यस्तै, केही ग्राहकले फोन खोल्दा चरमराउने जस्तो आवाज आउने गरेको गुनासो पनि गरेका छन् ।
यस्ता समस्या देखिएका आइफोनका ग्राहकलाई साट्नका लागि कम्पनीसँग सम्पर्क गर्न एप्पलले आग्रह गरेको छ ।
आईफोन डुओ गत साता विश्वभरका एप्पल स्टोरमा भव्य रूपमा सार्वजनिक गरिएको थियो । फोन खरिद गर्न ग्राहकको भीड लागेको थियो । यस फोनमार्फत कम्पनीले आफ्ना उत्पादनको लोकप्रियता पुन बढाउने र प्रतिस्पर्धी कम्पनीका फोल्डेबल फोनलाई चुनौती दिने प्रयास गरेको छ ।