×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि

गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि

काठमाडौं । १९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १२ गतेदेखि ललितपुरमा आयोजना हुने भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तिहार र छठ पर्वलाई लक्षित गर्दै कार्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेल खेल मैदानमा १९ औ संस्करणको रुपमा गोदावरी फूलको प्रदर्शनी आयोजना गरिएको जनाएको हो ।

गोदावरी फूलको व्यावसायिक उत्पादन, विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रदर्शनीमा ८६ वटा स्टल रहने आयोजकले जनाएको छ ।

त्यस्तै प्रदर्शनीमा नर्सरी तथा फर्मले उत्पादन गरेका गोदावरी फूलका मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा गराइने फ्लोरिकल्चर एसोसिएसन नेपालका उपाध्यक्ष एवं मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।

यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको आयोजकले जनाएको छ । विभिन्न विधामा उत्कृष्ट हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

व्यावसायिक रूपमा उत्पादन भएका गोदावरीका विभिन्न जात र यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिने उहाले जानकारी दिए ।

प्रदर्शनीको ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने आयोजकको अनुमान छ । हाल देशभर ३२५ हेक्टरभन्दा बढी क्षेत्रफलमा पुष्पखेती भइरहेको र पुष्प व्यवसायमा अनुमानित लगानी ११ अर्ब ५० करोड भन्दा बढि रहेको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ ।

प्रतिकृया दिनुहोस्