×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार

झिनो अंकले बढ्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजार झिनो अंक ०.९४ ले बढेको छ । यो वृद्धिसँगै नेप्से २६३० अंकमा कायम भएको छ । आज १३६ कम्पनीको मूल्य बढ्यो भने १३५ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबार रकम बढेको छ । हिजो ४ अर्बको कारोबार भएकोमा आज ५ अर्ब ८० करोडको भयो । आज जलविद्युत् क्षेत्रमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.६५ प्रतिशत अर्थात् ५९ अंक बढ्यो । अघिल्लो दिन उत्पादन तथा प्रशोधन क्षेत्रमा आकर्षण देखिएको थियो ।

आज माइक्रोफाइनान्स ०.०१, अन्य ०.०६ प्रतिशत बढे । बैंकिङ ०।.७, विकास बैंक ०.४५, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.५१, लगानी ०.२३, जीवन बीमा ०.५९, उत्पादन तथा प्रशोधन ०.५०, निर्जीवन बीमा ०.०६ तथा व्यापार ०.२६ प्रतिशत घटे ।

हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युतको १२.०९, दोर्दीखोलाको ६.७९, सुपरमाइ हाइड्रोपावरको ५.९५, सिर्जनशील लघुवित्तको ५.६८, पिपुल्स हाइड्रोपावरको ४.८९ तथा शिखर पावरको ४.६३ प्रतिशत मूल्य बढ्यो ।

युनिलिभरको मूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशत घट्यो । आज मूल्य धेरै घट्नेमा डिबेन्चर अगाडि देखिए ।

आज धेरै कारोबार भएका कम्पनीमा घलेम्दी हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सानिमा मिडिल तमोर, लिबर्टी इनर्जी, ग्रिन भेन्चर्स, हिमालयन डिस्टिलरी तथा अपी पावर अगाडि रहे ।

प्रतिकृया दिनुहोस्