×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको काम जेनजीले गरे : विप्लव

जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको काम जेनजीले गरे : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जेनजी विद्रोहबाट अहङ्कारी सरकार ध्वस्त पारेकोमा खुसी व्यक्त गरेका छन् । काठमाडौँमा बिहीबार आयोजित खबरदारी कार्यक्रममा विप्लवले माओवादी जनयुद्ध र नेकपाले गरेको एकीकृत जनक्रान्तिले समेत गर्न नसकेको काम गरेकोमा धन्यवाद दिएका हुन् ।

‘अहङ्कारी सत्ता, संसद् दलालहरूको सत्तालाई  ध्वस्त पारेकोमा  धन्यवाद गर्न चाहन्छु । हाम्रो आवाजलाई बेवास्ता मात्र गरिएन, नेपालको संसद्लाई दलालहरूको स्वार्थमा पूर्ति गर्न प्रयोग गर्‍यो । यो इतिहासमा कहिल्यै नमेटिने गरी राष्ट्र घात गर्‍यो’, उनले भने, ‘भ्रष्टाचार वडादेखि छ । सरकारले ठेक्कापट्टा गर्ने, लुट्ने खाने काम गर्‍यो । हामीले पार लगाउन सकेको थिएन । सरकारले राज्य, सत्ता, डण्डाको बलमा दमन गर्‍यो । जेनजीको विस्फोट भयो । जसका कारण अहङ्कारी सरकार ढल्यो ।’

जसले जनयुद्धमा रगत बगाए, त्यसलाई अपमान गरिएकोमा विप्लवले आक्रोश पोखे । उनले संविधानमा गणतन्त्र लेखिएको तर जनताको संविधान लेखिएन स्पष्ट पारे । भ्रष्टाचार र बेथिति विरुद्ध आफूहरूले आवाज उठाउँदा तत्कालीन केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाएको बताए ।

ुसत्ताको सुविधाका लागि जुनसुकै काम गर्न थाले । संविधानलाई पूर्णता दिन हामीले नै पहिला लड्यौँ । जनजाति, मधेसी, महिलालाई हक अधिकार दिन हामीले लड्यौँ । न्यायको आवाज उठाएको बदलामा कम्युनिस्ट सरकार र पार्टीहरूले हामीमाथि दुई वर्ष प्रतिबन्ध लगायो’, उनले भने । 

प्रतिकृया दिनुहोस्