×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध

संसदीय सुनुवाइ समितिको सभापतिमा खतिवडा निर्विरोध

काठमाडौँ । संसदीय सुनुवाइ समिति (संयुक्त) को सभापतिमा रामहरि खतिवडा निर्विरोध भएका छन् । सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ बजेदेखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो ।  

‘सङ्घीय निजामती सेवा विधेयक, २०८० को ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा छेडखानी गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा सभापति निर्विरोध भएका हुन् । साउन २८ गते राज्य व्यवस्था तथा सुशासन समिति सभापतिबाट राजीनामा दिएका खतिवडालाई एक महिना नबित्दै अर्को समितिमा सभापति बने । 

सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले तोकिएको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको जानकारी दिए ।   

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन् । त्यसपछि रिक्त पदमा सभापति चयन गर्नका लागि सङ्घीय संसद् सचिवालयले कार्यतालिका बनाएको थियो । त्यो कार्यतालिकामा बिहीबार उम्मेदवारी दर्ता र शुक्रबार निर्वाचनका लागि समय छुट्टाइएको छ ।  

खतिवडा सभापति निर्वाचित भएको आधिकारिक घोषणा शुक्रबार सवा ५ बजे बस्ने समिति बैठकमा घोषणा गरिनेछ ।

प्रतिकृया दिनुहोस्