×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शिक्षा

माध्यामिक शिक्षा परीक्षा एसईई आजबाट सम्पन्न

माध्यामिक शिक्षा परीक्षा एसईई आजबाट सम्पन्न

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबारबाट सम्पन्न भएको छ । चैत ७ गतेदेखि सुरु भएको परीक्षा सकिएसँगै राजधानीमा केही विद्यार्थीर्थीहरुले सम्झना र मायाको चिनो स्वरूप एकअर्काको सर्ट टिसर्टमा विभिन्न सन्देश लेखे । 

एकअर्काको टिसर्टमा उनीहरूले आगामी दिनको शुभकामनाका साथै विद्यालयमा पढ्दाका साथीको सन्देशसहितको मिठो पल कैद गर्ने प्रयास गरेका हुन् । 

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार एसईईमा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी भए । गएको वर्ष २०८० को एसइईमा चार लाख ६४ हजार ७८५ जना परीक्षार्थी सहभागी भएका थिए । 

बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी काम गर्ने बताएको छ ।  न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् ।

लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गरिनेछ । सरकारले परीक्षाको नतिजामा उत्तीर्ण दरमा ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ । विसं २०८० को एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

प्रतिकृया दिनुहोस्