काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ९ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख ९ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला तिन लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १८५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।