काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँद्यीको मुल्यमा नयाँ रकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा ८ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ६६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँद्यी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँ बढेर प्रतितोला दुई हजार एक सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।