×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा

दानबहादुर कार्कीको रिट निरौला र पौडेलको संयुक्त इजलासमा

काठमाडौँ । सरकारले प्रहरी प्रमुखबाट हटाएका तत्कालीन आईजीपी दानबहादुर कार्कीले पुनर्बहाली माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।

कार्कीको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । 

यसअघि गत मङ्सिर ७ गते सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको थियो । कार्कीको रिटमा आईजीपी केसीले म्याद बुझेको प्रमाण अदालतमा पेश हुन नसकेपछि सुनुवाइ हुन सकेको थिएन । 

कार्कीले प्रहरी ऐन २०१२ र प्रहरी नियमावली २०७१ विपरीत आफूलाई पदबाट हटाइएको भन्दै महानिरीक्षक पदमा पुनर्बहालीका लागि र नवनियुक्त महानिरीक्षकलाई कामकाज नगर्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन् ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले कार्कीलाई हटाउनुको कारण पेस गर्न सकारका नाममा आदेश जारी गरेको थियो ।

बालेन्द्र शाह सरकारले डा मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गर्दै कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएको थियो । अब आईजीपीमा नियुक्त मनोज केसीको निर्णय रोक्न अन्तरिम आदेश जारी हुने वा नहुने विषयको टुङ्गो दुई पक्षीय सुनुवाइपछि मात्रै लाग्ने छ । 

प्रतिकृया दिनुहोस्