×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा

दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा छापा

सोल । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा प्रहरीले छापा मारेको छ । बुधबार दक्षिण कोरियाली प्रहरीले त्यहाँका राष्ट्रपति युन सुक येओलको कार्यालयमा छापा मारेको हो ।

दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार प्रहरी मुख्यालयमा पनि छापा मारिएको छ । राष्ट्रपति युन सुक येओलले केही दिन अघि जारी गरेको ‘मार्शल ल’पछि छानबिनका क्रममा प्रहरीले छापामारी गरेको हो ।

योनहापका अनुसार छापा मारिएको समयमा राष्ट्रपति युन आफ्नो कार्यालयमा थिएनन् । गत साता राष्ट्रपति येओलले ‘मार्शल ल’ जारी गरेका थिए । तर व्यापक विरोध भएपछि छोटो समयमै उनले त्यसलाई फिर्ता लिएका थिए ।

प्रतिकृया दिनुहोस्