×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

निजी कारबाट १३३ किलो गाँजा बरामद

निजी कारबाट १३३ किलो गाँजा बरामद

रौतहट । रौतहटको गरुडामा प्रहरीले निजी कारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । गरुडा नगरपालिका-५ मा रहेको झाँझ खोला नजिकै ग३च ६७९६ नम्बरको कारबाट प्रहरी १३ पोकामा रहेको १३३ किलो गाँजा बरामद गरेको हो ।

चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको कारलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा कार नरोकेर फरार भएको थियो ।

प्रहरीले गाडीलाई पछयाउँदै जाने क्रममा झाँझ खोला नजिक रहेको खरको घारीमा छोडेर चालक फरार भएका थिए । सडकभन्दा तल झण्डै २० फिट गहिरो खरको घारीमा गाडीलाई छोडेर सवार व्यक्तिहरू फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा निकालेर नियन्त्रणमा लिइएको गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिए ।

फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको डीएसपी कार्कीले बताए । गाडी छाडेर चालक फरार भए पनि सवारी चालक अनुमति पत्र र गाडीको कागजाता फेला परेको उनले बताए ।

प्रतिकृया दिनुहोस्