×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

काठमाडौँ । एमाले सांसद रघुजी पन्तले पर्फामेन्स दिन नसक्ने मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीले यसबारेमा ध्यान दिइरहनु भएको होला भन्ने धारणा व्यक्त गरे । 

आजको संसद बैठकमा सांसदहरुले सरकारले विशिष्ट पदाधिकारीहरुको सेवा सुविधा बढाउने कानुन ल्याउन लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।

सर्वोच्चको आदेशपछि विशिष्टहरुलाई सेवा सुविधा दिने विधेयकको ड्राफ्ट डेढ वर्षदेखि कानुन मन्त्रालयमा थन्किएर बसेको तर यसबारे मन्त्रीहरुले नबोलेको भन्दै रघुजीले असन्तुष्टि जनाए ।

‘म त मन्त्रीहरुको पारा देखेर छक्क पर्छु । हिजो प्रकाशमान जीले पाल्पामा गएर बोल्नुभएको छ अहिले भइरहेको छैन भनेर । आएर त्यही कुरा बोले भयो नि संसदमा । संसदमा उठेपछि रेस्पोन्स त गर्नुपर्छ,’ पूर्वमन्त्री समेत रहेका पन्तले भने, ‘कसरी बनेको, किन बनेको, के कारणले बनेको हो, कुन अवस्थामा छ र सरकारको सोच के छ रु पटकपटक प्रश्न उठेपछि मन्त्रीहरुले कानमा तेल हालेर बस्न मिल्छ ?’

मन्त्रिपरिषदले जनताको सेवा गर्न सकेको छैन भने मन्त्रिपरिषदका सदस्य फेर्नुपर्ने उनले बताए । उनले जनताको चासो र भावनालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई समेत सुझाव दिँदै उनले भने, ‘म प्रधानमन्त्रीलाई पनि आग्रह गर्दछु । जनताको चासोलाई सम्बोधन गरौं, जनताको भावनालाई सम्बोधन गरौं । लोकतन्त्र भनेको जनभावना अनुसार अगाडि बढ्ने हो ।’

‘उहाँको क्याबिनेटले राम्ररी जनताको सेवा गर्न सकेको छैन भने यो प्रधानमन्त्रीय व्यवस्था हो, मन्त्रीहरु फेर्ने बेला आयो । पर्फमेन्स देखाउन नसक्ने मन्त्रीहरु राखिराख्न जरुरी छैन । प्रधानमन्त्रीले निश्चय पनि मूल्यांकन गर्नु भएको होला,’ उनले भने ।

प्रतिकृया दिनुहोस्