×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछाने आज पुनरावेदनमा जाने

स्वर्णलक्ष्मी सहकारी प्रकरण : रवि लामिछाने आज पुनरावेदनमा जाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा आज पुनरावेदनमा जाने भएका छन् । उनी आज बिहान ११ बजे पाटन उच्च आदालतमा गएर पुनरावेदन दिने स्रोतले बतायो ।

स्वर्णलक्ष्मी सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । यो कार्यमा संलग्न भएको आरोपमा मुछिएका लामिछानेलाई अदालतले ६० लाख धरौटीमा रिहा गर्न गत माघ २ गते आदेश दिएको थियो ।

लामिछानेलाई धरौटीमा छाड्ने काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासको आदेश त्रुटिपूर्ण भएको दाबी गर्दै सरकारले पनि त्यसविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएको थियो ।
 

प्रतिकृया दिनुहोस्