×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ

कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

केन्द्रीय निर्वाचन समितिले आयोजना गरेको समारोहमा सभापति गगनकुमार थापाले निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई शपथ ग्रहण गराएका हुन् ।

असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापति थापाले बडादशैंको फूलपातिका दिन शपथ ग्रहण र पदबहाली गरेका थिए ।

उनी प्रतिष्पर्धी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित हुँदा खड्गीले ३७५ मत ल्याएका थिए ।

महाधिवेशनबाट २३१ जना निर्वाचित भएका थिए । बिहीबार भएको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका पदाधिकारी र केन्द्रस्य सदस्यहरूलाई आन्तरिक रुपमै पछि शपथ गराइने निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

उनले सानेपामा आयोजित सपथ ग्रहण समारोहमा उपस्थित हुन नसकेका विदेशस्थित जनसम्पर्क समितिका सदस्यहरूले जुममार्फत भाग लिने जानकारी निर्वाचन समितिलाई गराएको बताए ।

प्रतिकृया दिनुहोस्