काठमाडौं । बिहीबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ हजार २ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ७८ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५० रुपैयाँ घटेर प्रतितोला ४ हजार २ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।