×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

तिहारपछि सेयर किन्दा लाभांश पाइने यी हुन् १७ कम्पनी

काठमाडौं । यतिबेला सूचीकृत कम्पनीहरू धमाधम लाभांश घोषणा गर्दै साधारणसभा तयारीमा छन् ।

आर्थिक वर्ष समाप्त भएको ६ महिना (पुस) भित्र साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ । लाभांश दिन सक्ने क्षमता भएका कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् ।

तिहारअघि नै लाभांश घोषणा गरिसकेका तर, तिहारपछि सेयर किन्दा पनि लाभांश पाइने अझै १७ कम्पनी छन् । कम्पनीहरूले पहिले लाभांश घोषणा गर्छन्, त्यसपछि ‘बुक क्लोज’ तथा साधारणसभा बस्ने मिति तय गर्दछन् । बुक क्लोज नहुँदासम्म सेयर किन्दा घोषित लाभांश पाइन्छ । यिनै सूचीकृत १७ कम्पनीको बुक क्लोज मिति तय नभइसकेकाले सेयर किन्दा लाभांश पाइने भएको हो ।

यसरी लाभांश घोषणा गरेका तर बुक क्लोज नभइसकेका वा तिहारपछि सेयर किन्दा लाभांश पाइने कम्पनीमा ३ वटा वाणिज्य बैंक छन् । त्यस्तै २ विकास बैंक, १ उत्पादन तथा प्रशोधन समूहको, ६ जलविद्युत् कम्पनी र ५ लघुवित्त कम्पनी छन् ।

केही कम्पनीले बोनस सेयर, केहीले नगद लाभांश र केहीले मिश्रित लाभांश घोषणा गरेका छन् । नगद लाभांश साधारणसभा सम्पन्न हुनेवित्तिकै कम्पनीले सेयधनीको बैंक खातामा जम्मा गर्न सुरु गर्दछन् । सामान्यत घोषित १ प्रतिशतभन्दा कम नगद लाभांश भने बोनस सेयरको कर प्रयोजनका लागि मात्रै हुनेछ ।

बोनस सेयर जम्मा हुने हकमा थप केही बढी समय लाग्दछ ।  धितोपत्र बोर्डमा दर्ता भएपछि मात्रै डिम्याट खातामा बोनस सेयर जम्मा हुन्छ । बोनस सेयरका हकमा बढेको सेयर संख्याअनुसार मूल्य पनि बुक क्लोजका दिन समायोजन (घट्ने) हुन्छ ।

यी हुन् तिहारपछि सेयर किन्दा लाभांश पाइने कम्पनी

कम्पनी बोनस सेयर % नगद लाभांश % कुल लाभांश %
लक्ष्मी सनराइज बैंक ५ ०.२६ ५.२६
स्ट्यान्डर्ड चार्टर्ड बैंक   १६ १६
एनएमबी बैंक   ७ ७
महालक्ष्मी विकास बैंक ३.७ ३.७८ ७.४८
मितेरी डेभलपमेन्ट बैंक ५ ६ ११
युनिलिभर नेपाल   १५४० १५४०
अपी पावर ५ ०.२६३ ५.२६३
मकर जितुमाया सुरी १३ ०.६८४ १३.६८४
कुथेली बुखरी स्मल हाइड्रोपावर १८ ०.९४७ १८.९४७
सिक्लेस हाइड्रोपावर १२.७०६ ०.६६९ १३.३७५
मिड सोलु हाइड्रोपावर १५ ०.७८९ १५.७८९
युनाइटेड इदी मर्दी ५ ०.२६३ ५.२६३
छिमेक लघुवित्त ११.९६३१ १३.०३६९ २५
आरएसडीसी लघुवित्त   ९.४० ९.४०
हिमालयन लघुवित्त ४.७५ ०.२५ ५.००
फस्र्ट माइक्रोफाइनान्स   ११.०५२ ११.०५२
ग्लोबल आईएमई लघुवित्त ६ ३.५० ९.५०

स्रोत – नेप्से

प्रतिकृया दिनुहोस्