×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पार्टी नीति विपरीत बोले, बिदा भए हुन्छ : माधव नेपाल

पार्टी नीति विपरीत बोले, बिदा भए हुन्छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीबाट बिदा हुन सुझाव दिएका छन् ।
खनालले पार्टी नीति विपरीत बोलेकाले बिदा हुनु ठीक हुने नेपालको भनाइ छ ।   

शुक्रबार विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा नेपालले पार्टीका सम्मानित नेता खनालले एमाले टुक्र्याउनु गलत भएको अभिव्यक्ति दिनु पार्टी नीति विपरीत रहेको बताए । 

‘उहाँले एमाले टुक्रयाउनु गलत भएको भन्नुभएछ । नैतिकता आधारमा पार्टीबाट बिदा लिन सुझाव दिन्छु,’ अध्यक्ष नेपालले भने । खनालले पटक-पटक पार्टीको संस्थागत निर्णय नमान्ने गरेको भन्दै नेपालले उनको भनाइको अर्थ नरहेको समेत बताए । 

अर्को प्रसंगमा नेपालले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई संविधान र कानुनले पुनः राजनीतिमा छिर्न रोक नलगाएकाले त्यो व्यक्तिगत निर्णयअनुसार नै हुने धारणा राखे । नेपालले शेरबहादुर देउवा र केपी शर्मा ओली एकठाँउमा रहेसम्म वैकल्पिक सरकार बन्ने सम्भावना नरहेको बताए । 

प्रतिकृया दिनुहोस्