काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा ४६ सय रुपैयाँ घटेर प्रतितोला एक लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला एक हजार ९ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।