काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ५ हजार ६ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ७५ रुपैयाँ बढेर प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भैरहेको छ ।