काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला एक लाख ५४ हजार दुई सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलामा २१ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदी आज प्रतितोला एक हजार ९ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।