×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बाग्मती

बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट (पूर्णपाठ)

बागमती प्रदेशले ल्यायो ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट (पूर्णपाठ)

काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्बको बजेट ल्याएको छ ।

आज आइतबार साँझ साढे ८ बजेदेखि सुरु प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार बजेट विनियोजन गरेका हुन् ।

बजेट वक्तव्यका क्रममा उनले ७६ अर्ब भनेर सम्बोधन गरेपछि प्रदेशसभा बैठकमा हल्लाखल्ला भएको थियो । लगत्तै आफ्नो वक्तव्य सच्याएर ६७ अर्ब सम्बोधन गरेका थिए ।

चालूतर्फ ३८ दशमलव ६ प्रतिशत अर्थात् २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार र पुँजीगततर्फ ६१ द्यशमलव ४ प्रतिशत अर्थात ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार विनियोजन भएको छ ।

बजेट प्रस्तुत गर्न दिउसो ३ बजेका लागि प्रदेशसभा बैठक बोलाइए पनि बजेटको आकारलाई लिएर सरकारमा विवाद उत्पन्न भएपछि साँझ मात्रै बैठक बस्न सकेको हो ।

सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच ६८ अर्बको बजेट ल्याउने सहमति भएकोमा बजेटको आकार झण्डै ४ अर्ब बढाइएको भन्दै सरकारमा मतभेत सृजना भएको थियो । अन्ततः बजेटको आकार ६८ अर्बमै यथावत राखिएपछि साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अनुमोदन गरेको थियो ।

हेर्नुस् पूर्णपाठ :

प्रतिकृया दिनुहोस्