×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

फोनिजको आठौं महाधिवेशन लुम्बिनीमा सुरु

फोनिजको आठौं महाधिवेशन लुम्बिनीमा सुरु

रुपन्देही । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को आठौं राष्ट्रिय महाधिवेशन रुपन्देहीमा सुरु भएको छ । शुक्रबार रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालय हलमा सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले महाधिवेशनको उद्‌घाटन गरेका हुन् ।

महाधिवेशमा सहभागी अतिथिलाई थारू र नेवारी गीतबाट स्वागत गरिएको थियो । कार्यक्रममा संघीय फोनिजको स्मारिका  विमोचन गरिएको छ भने काठमाडौंको क्यालेण्डर विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पृथ्वीसुबा गुरूङले विमोचन गरे।

कार्यक्रममा फोनिजमा रही योगदान पुर्‍याएका पत्रकारहरूलाई सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन चौधरीले गणतन्त्रमा पत्रकारलाई जिउँदै जलाउनु लोकतन्त्रमाथिको प्रहार भएको बताए । उनले भने,  पत्रकारहरू गणतन्त्रमा जिउँदै जलाइनु लोकतन्त्रको अपमान हो। जुनसुकै समूह होस्, गणतन्त्रमा हिंसात्मक प्रदर्शन गर्न मिल्दैन।’

लुम्बिनीमा आयोजित कार्यक्रममा फोनिज​कका संघीय समिति, , ८ प्र​देश​, ६६ जिल्ला, ८ जातिय​ संस्थागत​ स​द​स्य​ र​ ८ प्र​वास​ स​मितिबाट​ ५१७ ज​ना प्र​तिनिधिह​रु तथा प​र्य​वेक्ष​कहरू उपस्थित भएका छन् । फोनिजको आठौं राष्ट्रिय महाधिवेशनले नयाँ नेतृत्व चयन गर्न‍ेछ ।

प्रतिकृया दिनुहोस्