×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता

एकीकृत समाजवादीमा बामदेव वरिष्ठ नेता

काठमाडौं । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई जिम्मेवारी दिइएको हो ।

जस अनुसार गौतमले वरिष्ठ नेता पाएका छन् । उनलाई पार्टीको तेस्रो वरियतामा राखिएको छ । त्यस्तै, डिबी कार्की, लुलसी थापा र लोकनाथ धमलालाई पोलिटब्यूरो सदस्यको जिम्मेवारी दिइएको छ ।

अन्य ९ जनालाई भने केन्द्रीय सदस्य बनाइएको छ । केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेहरूमा भगवती विष्ट, दुर्गादत्त भण्डारी, राधेश्याम गुप्ता, इमानसिंह भारती, रवीन्द्र बम, तोफा यादव, विद्या प्रसाद शर्मा, राम प्रसाद अधिकारी र मोहम्मद शेर बागवान रहेका छन् ।

गौतमको शपथ ग्रहण पनि सम्पन्न भइसकेको एकीकृत समाजवादीले जनाएको छ । लगत्तै अहिले पार्टी सचिवालय बैठक सुरु भएको छ ।

प्रतिकृया दिनुहोस्