×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै

दश वर्षपछि रातो मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराइँदै

काठमाडौँ । गोरखा भूकम्पमा परि मन्दिर भत्किएका कारण बाहिर राखिएको रातो मच्छिन्द्रनाथलाई १० वर्षपछि मन्दिरभित्र विराजमान गराइने भएको छ । 

भूकम्पले पूर्ण रूपमा क्षति पुगेको बुङमतीस्थित रातो मच्छिन्द्रनाथ (बुङगद्यो) को मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेसँगै आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा पश्चात् जावलाखेलबाट बुङगमती ल्याइ मच्छिन्द्रनाथलाई मन्दिरमा विराजमान गराउने तयारी भइरहेको छ।

यसअघि देवतालाई अस्थायी रूपमा निर्माण गरिएको स्थानमा राखिँदै आएको थियो।मच्छिन्द्रनाथलाई बुङगमती फर्काउने तयारीमा जुटेका स्थानीयवासीहरूमा उत्साहित र हर्षित देखिएका छन् । 

१० वर्षपछि मच्छिन्द्रनाथ आफ्नै मन्दिरमा पुनः स्थापना हुन लागेकोमा स्थानीयहरू खुसी समेत देखिएका छन् । 

प्रतिकृया दिनुहोस्