×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

सोमबार सुनको मूल्यमा सामान्य गिरावट

सोमबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार तोलामा ३०० रुपैयाँ घट्दै १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको छ । 

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर १ हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस्