×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी साधन ‘होल्ड’

सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी साधन ‘होल्ड’

काभ्रेपलाञ्चोक । रोशी खोलाको जलाधार क्षेत्रमा वर्षा सुरु भएसँगै बीपी राजमार्गमा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी आवागमन अस्थायी रूपमा होल्ड गरिएको छ।

रोशी खोलाको जलाधार क्षेत्रमा भइरहेको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा सवारी आवागमन अर्को सूचना नभएसम्मका लागि होल्ड गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रमुख रविन कार्कीले जानकारी दिए ।

उनका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गरी सवारी आवागमन पुनः सञ्चालन गरिएको जानकारी गराइनेछ।

प्रहरीले यात्रु तथा सवारीचालकलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन तथा अद्यावधिक जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० र ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस्