×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथग्रहण आज

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तको शपथग्रहण आज

काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । उनलाई आज अपराह्न चार बजे राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा शपथ ग्रहण गराउने कार्यक्रम छ ।

एमाले सांसद विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले एमालेकै पन्तलाई शिक्षामन्त्री पदमा नियुक्त गरेका हुन् ।

पद तथा गोपनीयताको शपथ ग्रहण पछि पन्तले आजै कार्यभार सम्हाल्ने छन् । पन्तसँग यसअघि श्रम मन्त्री बनेको अनुभव छ ।

पन्तले अहिले शिक्षामन्त्रीको जिम्मेवारी पाउँदा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भने बर्खास्त भएका छन् । गत असार ३१ गते बनेको ओली नेतृत्वको सरकार १० महिनापछि बुधबार पुनर्गठन भएको थियो ।

प्रतिकृया दिनुहोस्