काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा १४ सय रुपैयाँ बढेर प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँ बढेर प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भैरहेको छ ।