×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

संसदमा प्रधानमन्त्रीको सम्बोधन स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सुरु भएको थियो ।

तर, सम्बोधन स्थगित भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड संसदमा उपस्थित नहुने भएकोले प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

देउवा थाइल्याण्डमा छन् भने प्रचण्ड गोरखा पुगेका छन् । आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।

प्रतिकृया दिनुहोस्