×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, ड्रोनबाट पुष्पवृष्टि

जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, ड्रोनबाट पुष्पवृष्टि

काठमाडौं । काठमाडौंको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आजबाट ‘केपी ओली कप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करण सुरु हुँदैछ । उद्घाटन खेलअघि आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि एन्फा कम्प्लेक्स पुगेका छन् ।

प्रधानमन्त्री ओलीको आज ७४ औं जन्मदिन पनि हो । उनले बिहानै सामाजिक सञ्जालबाट अन्य केही कार्यक्रम नराखिएको र एन्फा कम्प्लेक्समै आयोजित कार्यक्रममा शुभकामना साटासाट हुने बताएका थिए ।

ओलीको जन्मदिन पारेर सुरु गरिएको यस प्रतियोगिताको सुरुवात केक काटेर गरिएको थियो । एन्फा कम्प्लेक्समा ओलीलाई पत्नी राधिका शाक्यले केक खुवाइन् । केक काट्ने कार्यक्रमलगत्तै केपी ओली कपको उद्घाटन गरिएको थियो ।

प्रधानमन्त्रीको जन्मदिनमा काटिएको केकको दायाँबायाँ फुटबल समेत बनाइएको थियो भने केक काट्दै गर्दा ड्रोनबाट पुष्पवृष्टि गरिएको थियो ।

प्रतिकृया दिनुहोस्