×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

मूलपानीमा गाडीको ठक्करबाट बालकको मृत्यु

मूलपानीमा गाडीको ठक्करबाट बालकको मृत्यु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी तिवारी टोलस्थित सडकमा गाडीको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

बा ११ च ७६०९ नम्बरको हात्ती गाडीको ठक्करबाट सोही ठाउँ बस्ने महोत्तरी गौशला नगरपालिका–१० घर भएका गणेश थापा मगरको छोरा ९ वर्षीय शिव थापा मगरको मृत्यु भएको छ ।

मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको शंखरापुर अस्पताल नारायणटार हुँदै ग्राण्डी अस्पताल टोखामा बुधबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले गाडी चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्