×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

नाइट क्लबमा सिलिण्डर पड्किएर आगो लाग्दा २३ जनाको मृत्यु

काठमाडौं । भारत गोवामा नाइट क्लबमा सिलिण्डर पड्किँदा २३ जनाको मृत्यु भएको छ । अरपोरा क्षेत्रमा भएको विष्फोटपछि नाइट क्लबमा आगलागी भएको थियो । प्रहरीका अनुसार घटना शनिबार राति करिब १२ बजेको हो ।

घटनाबारे जानकारी पाउनासाथ गोवाका मुख्यमन्त्री प्रमोद सावन्त र स्थानीय जनप्रतिनिधिहरु घटनास्थल पुगेका थिए । मुख्यमन्त्री सावन्तका अनुसार मृत्यु हुनेमा तीन महिला र केही पर्यटकहरु पनि छन् ।

कतिपयको जलेर र कतिपयको धुवाँमा निसास्एिर मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोवा सरकारले घटनाको जाँच गर्न र दोषीलाई कारबाही गर्न अधिकारीहरुलाई निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्