×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

उपसभामुखलाई हटाउने सम्बन्धमा कुनै छलफल भएको छैन : प्रधानमन्त्री ओली

उपसभामुखलाई हटाउने सम्बन्धमा कुनै छलफल भएको छैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख हटाउने विषयमा कुनै छलफल नभको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन जानुअघि सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले जानकारी दिएका हुन् । 

भदौ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा रानालाई हटाउनेबारे छलफल भएको सूचना बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०ले आपत्ति जनाएको थियो । सोहीबारे संसद्लाई जानकारी दिँदै उनले अनावश्यक कुरा नउचाल्न आग्रह गरे ।

‘प्रस्तावै नगरको विषयमा कसरी छलफल भयो ? संसदमा छलफल गरेको विषयमा पनि होइन । कसैले कुरा गरेको भनेको विषयमा उत्पातै मच्चाए । संसदमा के भएछ भनेर सोध्न पनि नहुने ? जातियता, लिंग वर्गको कुरा उछालेका छन् । यस्ता अनावश्यक कुरा नउचाल्न म माननीयजूलाई आग्रह गर्दछु’, उनले भने । 
 

प्रतिकृया दिनुहोस्