×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटा विजयी

अखिल क्रान्तिकारीको अध्यक्षमा विजय सापकोटा विजयी

काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा विजय प्रकाश सापकोटा विजयी भएका छन् । उनी निकटतम् प्रतिस्पर्धी हेमन्त राईसँग ७१ मतको अन्तरले विजयी भएका हुन् । सापकोटा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरहरुको प्यानलका उम्मेदवार थिए । अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको थियो ।

त्यस्तै, महासचिवमा रोशन थापा यसअघि निर्वाचित भइसकेका छन् । उनले जनार्दन शर्मा पक्षधर प्यानलबाट उम्मेदवारी दिएका थिए । कोषाध्यक्षमा पनि जनार्दन शर्मा प्यानलकै फूलमाया राना विजयी भएकी छिन् । निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी छ ।

प्रतिकृया दिनुहोस्