×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

‘इन्डो प्यासिफिक कमाण्ड’का कमाण्डर पापारो नेपाल आउँदै

‘इन्डो प्यासिफिक कमाण्ड’का कमाण्डर पापारो नेपाल आउँदै

काठमाडौं । युनाइटेड स्टेटस इन्डो प्यासिफिक कमाण्डका कमाण्डर एडमिरल सामुएल पापारो नेपाल आउने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम बमोजिम पापारोसहितको टोली विशेष विमानद्धारा तीन दिने भ्रमणका लागि नेपाल आउने भएका हुन् । भोलि बिहीबार पापारोको टोली नेपाल आइपुग्ने बताइएको छ ।

२ फागुनसम्म हुने नियमित भ्रमणका दौरानले पापारोले औपचारिक भेटघाट गर्नुका साथै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने जंगी अड्डाले बताएको छ ।

यस प्रकारको भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै मानवीय सहयोग र विपद् व्यवस्थापन तथा अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा सहयोग पुग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्