×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

बौद्धमा एउटै घरबाट एक करोड बढीका गरगहना चोरी

बौद्धमा एउटै घरबाट एक करोड बढीका गरगहना चोरी

काठमाडौं । काठमाडौं महानगरपालिका–६ बौद्ध टुसालमा एउटै घरबाट एक करोड रुपैयाँभन्दा बढीका गरगहना चोरी भएको छ ।

टुसालस्थित रिन्जी लामाको घरबाट करिब १ करोड ४ लाख ५३ हजार रूपैयाँ बराबरको सुन तथा चाँदीका विभिन्न गरगहनाहरू चोरीको भएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

मंगलबार दिउँसो उक्त घरबाट चोरी भएको हो । दिउँसो कपडा धोएर छतमा सुकाउन गएको मौकामा ती गरगहनाहरू चोरी भएको पाइएको एसएसपी खड्काले बताए ।

‘कपडा सुकाउन छतमा गएर करिब एक घण्टा बिताएको भन्ने कुरा आएको छ । त्यही मौकामा चोरी भएको देखिन्छ । हामी अनुसन्धान गरिरहेका छौं,’ एसएसपी खड्काले भने ।

अपराध अनुसन्धान कार्यालयका साथै प्रहरी वृत्त बौद्ध, जिल्ला प्रहरी परिसर काठमाडौंले यो घटनाको अनुसन्धान अघि बढाएका छन् ।

प्रतिकृया दिनुहोस्