काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ११ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा ४० रुपैयाँ बढेर प्रतितोला दुई हजार ६ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।