×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चाको बैठक आज बस्ने

समाजवादी मोर्चाको बैठक आज बस्ने

काठमाडौँ । चार दलीय समाजवादी मोर्चाको बैठक आज दिउँसो बस्ने भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ३ बजे बस्ने मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए । 

विश्वकर्माका अनुसार समसामयिक राजनीतिबारे समीक्षा, मोर्चालाई थप प्रभावकारी बनाउने, नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल हुनेछ । मोर्चाको संयोजक समेत रहेका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय मोर्चाको गतिविधि निष्क्रिय रहेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत नेताहरूसँग भेटेर असन्तुष्टि पोखेका थिए । 

मोर्चाले चैत १५ गते काठमाडौँमा विरोधसभा गरेपछि त्यसयता कुनै कार्यक्रम गरेको छैन । विप्लवले पटक पटक बैठक बस्न आग्रह गर्दा पनि प्रचण्ड र नेपालले कुनै चासो नदिएकोमा असन्तुष्ट देखिन्छन् । गतवर्ष साउन १ गते मोर्चा पुनर्गठन भएपछि मोर्चामा नेकपा, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी रहेका छन् ।

प्रतिकृया दिनुहोस्