×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सशस्त्र प्रहरी विधेयकमा ५८ वटा संशोधन प्रस्ताव दर्ता

सशस्त्र प्रहरी विधेयकमा ५८ वटा संशोधन प्रस्ताव दर्ता

काठमाडौं । सशस्त्र प्रहरी बल सम्बन्धी विधेयकमा ५८ वटा संशोधन परेको छ । यो बिहीबार बेलुकी ५ बजेसम्मको संशोधन प्रस्तावको संख्या हो ।

संशोधनका लागि सांसदहरूलाई बेलुकी ५ बजेर ५५ मिनेसम्मको छ । अन्तिम समयमा समेत सांसदहरूले संशोधन राख्न सक्छन् ।

संशोधनहरू प्राप्त भइसकेपछि एकीकृत गरेर सभामुखबाट स्वीकृत गराउनुपर्छ । संशोधन प्रस्ताव अगाडि बढाउन सभामुखबाट स्वीकृति प्राप्त भएपछि संशोधन प्रस्ताव र विधेयक एकसाथ दफावार छलफलमा जानेछन् ।

यो विधेयकमाथि यही फागुन १२ गते प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । छलफलपश्चात प्रतिनिधिसभाले विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको थियो । यो सँगै सांसदहरूले ७२ घण्टाभित्र संशोधन हाल्ने समय पाएका हुन् ।
 

प्रतिकृया दिनुहोस्