×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेमा मेरो भूमिका महाधिवेशनअघि केन्द्रीय समितिले निर्णय गर्छ : विद्यादेवी भण्डारी

एमालेमा मेरो भूमिका महाधिवेशनअघि केन्द्रीय समितिले निर्णय गर्छ : विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा महाधिवेशनअघि आफ्नो भूमिका केन्द्रीय समितिले निर्णय गरेअनुसार हुने बताएकी छन् ।

मदन भण्डारी फाउन्डेसनले मंगलबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा भण्डारीले भदौ १ गते हुने एमालेको विधान महाधिवेशनमा प्रतिनिधि मात्रै उपस्थित हुन पाउने भएकोले त्यहाँ भण्डारीको उपस्थितिबारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए ।

जवाफमा भण्डारीले महाधिवेशनअघि पार्टीको सर्वोच्च निकाय केन्द्रीय समिति हुने भएकोले त्यही कमिटीले गरेको निर्णयअनुसार आफ्नो भूमिका तय हुने धारणा राखेकी हुन् ।

‘असार १४ गते बोल्नेक्रममा आफ्नो कुरा स्पष्ट राखेको छु कि मैले एमाले सदस्यता नवीकरण गरेको छ’ उनले भनिन्, ‘एमाले पार्टी परिवारमा जोडिएको छु यहीं सक्रिय भएर देशको सेवा गर्ने स्पष्ट पारिसकेको छु ।’

उनले थपिन्, ‘कुन संरचनामा के भूमिका हुने भन्ने कुरा पार्टीको माथिल्लो तहको नेतृत्वले निर्णय गर्ला, महाधिवेशन अघि केन्द्रीय समिति माथिल्लो निकाय हो त्यसले के निर्णय गर्छ भन्नेमा भर पर्छ ।’

प्रतिकृया दिनुहोस्