×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

बंगलादेशका तत्कालिन हसिना सरकारका एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट

बंगलादेशका तत्कालिन हसिना सरकारका एक मन्त्रीको बेलायतमा ५१८ वटा फ्ल्याट

काठमाडौँ । बंगलादेशको एक अदालतले शेख हसिनाको अवामी लिग सरकारका पूर्वमन्त्री सैफुज्जमान चौधरी जावेदको बेलायतमा रहेको ५१८ फ्ल्याट र अपार्टमेन्ट जफत गर्ने आदेश दिएको छ । सैफुज्जमान चौधरी जावेद अवामी लिग सरकारमा भूमिमन्त्री थिए ।

ढाका ट्रीब्युनका अनुसार बंगलादेश भ्रष्टाचार विरोधी आयोग ९एसीसी० को निवेदनको सुनुवाइपछि ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश सब्बीर फैजले यस्तो आदेश जारी गरेका हुन् ।

अदालतले पूर्वमन्त्री जावेदका ५१८ फ्ल्याट र अपार्टमेन्टहरूको मूल्य २७१.८ मिलियन पाउण्ड रहेको बताएको छ ।

अदालतमा गरिएको आफ्नो निवेदनमा, एसीसीले अचल सम्पत्तिहरू अर्को नाममा स्थानान्तरण हुनबाट रोक्नको लागि जफत गर्नु आवश्यक रहेको बताएको छ ।

जावेदले २०१४ देखि २०१८ सम्म भूमि राज्यमन्त्री र २०१९ देखि २०२३ सम्म भूमिमन्त्रीको रूपमा काम गरेका थिए । उनलाई २०२४ को संसदीय चुनावअघि विदेशमा ठूलो सम्पत्ति रहेको आरोप लागेको थियो ।

प्रतिकृया दिनुहोस्