×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता, विद्युतीय गाडीमा कर्जा लगानी गर्ने

राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच सम्झौता, विद्युतीय गाडीमा कर्जा लगानी गर्ने

काठमाडौं ।  राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । राष्ट्रिय वाणिज्य बैंक र एमएडब्लु वृद्धि मोटर्सबीच विद्युतीय गाडीमा कर्जा लगानी गर्ने सम्बन्धमा सम्झौता भएको हो । 

सम्झौता अनुसार वार्षिक ७.७७ प्रतिशत स्थीर ब्याजदरमा निजी सवारी(रातो प्लेट) को नामि र सेरेस विद्युतीय गाडीका लागि मासिक किस्ताबन्दीमा कर्जा भुक्तानी गर्ने गरी बैंकले अधिकतम एक करोड रुपैंयासम्म कर्जा लगानी गर्ने छ । 

कर्जा रकमको ०.७५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ । गाडीको कोटेशनमा अंकित मुल्यको विद्युतीय गाडीको बढिमा ८० प्रतिशतसम्म बैंकले कर्जा लगानी गर्ने छ भने बढिमा सात वर्ष सम्म कर्जा अवधि दिइने यो सम्झौता कात्तिक मसान्तसम्म मात्र लागू हुने छ । 

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २९४ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा  एक्स्टेन्सन काउन्टर रहेको छ । 

प्रतिकृया दिनुहोस्