×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित

सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित

काठमाडौँ । सर्वोच्च अदालतमा आइतबार सबै मुद्दाको सुनुवाइ स्थगित  भएको छ । पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा मुद्दाहरूको सुनुवाइ रोकिएको हो ।

बस्तीको अन्त्येष्टिपछि सर्वोच्च अदालतको पूर्ण बैठकले भर्खरै निधनप्रति शोक व्यक्त गरेर मुद्दाको सुनुवाइ नगरेको  सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले  बताए । पेशी सूची प्रकाशित भएपछि आज सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको उनले बताए ।  

सर्वोच्च अदालत बाहेक अरू उच्च र जिल्ला अदालत अनि न्यायाधिकरणमा भने मुद्दाको सुनुवाइ  भएका छन् ।   आइतबार बिहान पशुपति क्षेत्र परिसरको विद्युतीय शवदाह गृहमा वस्तीको अन्त्येष्टि गरिएको थियो ।

प्रतिकृया दिनुहोस्