×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काभ्रेमा बस दुर्घटना, २३ जना घाइते

काभ्रेमा बस दुर्घटना, २३ जना घाइते

काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ पौवास्थित भित्री सडक खण्डमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । शनिबार दिउँसो भएको उक्त दुर्घटना ब्रेक फेल भएर भएको बताइएको छ ।

यद्यपि घटनाबारे थप अनुसन्धान जारी छ ।

रामेछापको डोरखानीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख ८४०८ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस सडकको भित्तामा ठोक्किएर दुर्घटनामा परेको थियो । बसमा सवार ३२ जना यात्रुमध्ये २३ जना घाइते भइ उपचारका लागि धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए ।

बस घटनास्थलमै रहेको र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्