×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

मनोरञ्जन

मण्डलाद्वारा ११ नाटक निर्देशकको घोषणा, टिकट शुल्क बढ्यो

मण्डलाद्वारा ११ नाटक निर्देशकको घोषणा, टिकट शुल्क बढ्यो

काठमाडौं । मण्डला थिएटरले २०८२/२०८३ मा मञ्चन हुने ११ नयाँ नाटकका निर्देशकको लाइनअप घोषणा गरेको छ । नयाँ सिजनको औपचारिक घोषणा गर्दै मण्डलाले नयाँ सिजनमा कूल १३ नाटक मंचन हुने जनाएको छ ।

घोषित निर्देशकमा मण्डलाका आन्तरिक निर्देशकहरू बुद्धि तामाङ, सुरज यादव, उमेश तामाङ, सोमनाथ खनाल र विकास जोशी छन् । आमन्त्रित निर्देशकमा सरस्वती चौधरी, गुञ्जन दीक्षित, संगीता थापामगर, सुदीप खतिवडा, सन्दीप श्रेष्ठ र सागर खाती कामी छन् ।

नयाँ सिजनमा ती निर्देशकसँग सहकार्य गर्न लागिएको मण्डलाले जनाएको छ । अघिल्लो सिजनमा १४ निर्देशक घोषित थिए । जसमध्ये मंचन हुन नसकेका अनुप बराल र किरण चाम्लिङ राईका नाटक भने यस सिजनमा मंचन हुने जनाइएको छ ।

नयाँ सिजनमा कलात्मक विविधता, प्रयोगशिलता र सामाजिक सन्देशमा केन्द्रित नाटक प्रस्तुत गरिने भएको छ । मनोसामाजिक, पारिवारिक, प्रयोगात्मक, मल्टिमिडिया, बालमैत्री र समुदाय केन्द्रित विषयवस्तुमा नाटक मंचन हुने मण्डलाले जनाएको छ ।

नयाँ सिजनमा मण्डलाले नयाँ टिकट दर पनि लागू गरेको छ । पहिलो साता विद्यार्थीलाई ३०० र सामान्यलाई ५०० रुपैयाँ, अन्तिम दुई हप्तामा विद्यार्थीलाई ५०० र सामान्यलाई १००० रुपैयाँ टिकट तोकिएको छ ।

नयाँ टिकट शुल्क तय गर्नुमा मण्डलाले अन्तर्राष्ट्रिय अभ्यास, दीर्घकालिन दिगोपन र सुरुवातमै नाटक हेर्न उत्प्रेरित गर्नुलाई कारणको रुपमा पेश गरेको छ ।
 

प्रतिकृया दिनुहोस्