×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरू भएको छ । बैठक केहीबेर अघिदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । आजबाट सुरु बैठक ३ दिनसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक अवस्था, सरकारको कामकारबाही र आन्तरिक पार्टी जीवनको बारेमा ब्रिफिङ गर्ने छन् । बैठकले आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने र पार्टीको जागरण अभियानलाई निरन्तरता दिने विषयमा पनि छलफल गर्ने तयारी छ ।

प्रतिकृया दिनुहोस्