×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

उदयपुरमा भालुको आक्रमणबाट महिला घाइते

उदयपुरमा भालुको आक्रमणबाट महिला घाइते

गाइघाट । उदयपुरको कटारी नगरपालिका–८ ग्रासको एक सामुदायिक वनमा आज घाँस काट्दै गरेकी एक महिला भालुको आक्रमणमा परी घाइते भएकी छिन् ।

जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार भालुको आक्रमणबाट घाइते महिला कटारी–८ बस्ने वर्ष ४६ की पञ्चमाया तामाङ रहेकी छिन् । बिहान ९ बजेतिर स्थानीय नारायणी सामुदायिक वनमा घाँस काट्दै गरेकी तामाङलाई भालुले आक्रमण गरेको हो ।

भालुले तामाङमाथि आक्रमण गरेपछि उनी कराएका कारण अन्य वरपर घाँस काट्ने साथी आएपछि भालु भागेको थियो भने तामाङ घाइते भएकी थिइन् ।

भालुको आक्रमणबाट तामाङको टाउको, हात र शरीरका केही भागमा चोट लागेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । घाइते तामाङको कटारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी केदारमान दोङले जानकारी दिए ।

कटारी ग्रासका स्थानीय राजन बरालका अनुसार पछिल्लो समय नारायणी सामुदायिक वन क्षेत्र निकै घना जङ्गल हुँदै गएको छ।

प्रतिकृया दिनुहोस्